नियम ४५
अनुशासन र आज्ञापालन
(१) प्रहरी कर्मचारीले आनो कर्तव्य इमान्दारी र तत्परताको साथ पालना गर्नु पर्नेछ ।
(२) प्रहरी कर्मचारीले सरकारी काम सम्बन्धी कुरामा आफूभन्दा माथिका अधिकृतले दिएको आज्ञालाई शीघ्रताका साथ पूरा गर्नु पर्नेछ ।
(३) प्रहरी कर्मचारीले आफू भन्दा माथिका अधिकृतप्रति उचित आदर देखाउनु पर्नेछ र आफू मातहतका प्रहरी कर्मचारीहरू प्रति उचित व्यवहार गर्नु पर्नेछ ।
(४) प्रहरी कर्मचारीले कुनै विषयको लेखापढी गर्दा सामान्यतयाः तह नाघ्न हुदैन ।